राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

Sagarmatha Post
Sagarmatha Post २५ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

चितवन,  चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ ।

लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको थियो । उहाँको बुधबार थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो । कास्की, काठमाडौं र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्