झापाबाट काठमाडौँतर्फ आइरहेको निजी सवारी साधन दुर्घटना एकको मृत्यु, एकगम्भीर, पाँच घाइते

Sagarmatha Post
Sagarmatha Post २५ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ झापाबाट काठमाडौँतर्फ आइरहेको निजी सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।

मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्