मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

Sagarmatha Post
Sagarmatha Post २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्