हमासले आगामी शनिबार सम्ममा सबै बन्धक रिहा नगरे युद्धविरामनै भंग हुने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८१, मंगलवार
2 Min Read
Aa

गाजाबाट इजरायली बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि हमासलाईअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका हुन् । ट्रम्पले ओ‌भल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु- यसलाई (सम्झौता) रद्द गर्नुहोस्।’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ…।’

तर ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन्, स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि थाहा छैन । ट्रम्पले पटकपटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन् । यस्तो भएन भने के हुन्छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो !’

बीबीसीका अनुसार उनले ‘यो मेरो समयसीमा हो’ भने र आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उल्लेख गरेनन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अब बन्धक छाड्ने क्रम रोक्ने बताएको थियो । हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ । युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ । तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ । अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। तर नेपाली विद्यार्थी विपिन जोशीको पालो अहिलेसम्म आएन । यसबीच इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्