सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : सांसद जनार्दन शर्मा

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेन्डामा छलफल गर्न किन पछि परिरहेको छ ?’

शर्माले सरकारमा भएकाहरूले संसद्‌लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने धारणा पनि राखे । ‘आग्रह-पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनुहुँदैन । बहस अन्तैअन्तै गइरहेका छन् । सरकार ढल्यो ढल्यो वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन । जनजीविकाका सवालमा सरकारले के गर्छ ? चासो जनतालाई यो छ,’ उनले भने, ‘ जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने ? यो बहस किन हुँदैन ?’

भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्