काठमाण्डौं । माघ २६ । तारकेश्वर नगरपालिकाको आ.व. २०८१/८२ को १५ औ नगरसभाबाट बिनियोजित बजेट तथा कार्यक्रमको अर्ध बार्षिक प्रगतीको समिक्षा गरिएको छ ।
माघ २७ गते नगरप्रमुख कृष्ण हरि महर्जनको कार्यकक्षमा आयोजना गरिएको समिक्षा बैठकमा शाखा प्रमुख तथा वडा प्राविधिकबाट प्रस्तुतीकरण मार्फत प्रस्तुत भयो । अर्ध बार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, शाखा प्रमुख , वडा प्राबिधिकहरुको उपस्थिति रहेको थियो ।
समिक्षा कार्यक्रममा शाखा प्रमुखहरु चालु आ.व मा भईरहेको कामहरु तथा सम्पन्न भएका योजनाहरुको बारेमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रस्तुती राख्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाको चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षा बैठक सम्पन्न


प्रतिक्रिया दिनुहोस्