तारकेश्वर नगरपालिका FRA मा काठमाडौ जिल्लाकै प्रथम

Sagarmatha Post
Sagarmatha Post १ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौ – तारकेश्वर नगरपालिकाको आ.वा.२०८०/०८१ काे स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्ला समन्वय समिति काठमाडौ बाट अन्तिम नतिजा तयार गरी ९०%अंक सहित काठमाडौ जिल्ला प्रथम भएको छ।

यसबाट थप के बुझ्न सकिन्छ भने तारकेश्वर नगरपालिकाको योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन् तथा प्रतिवेदन , अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापनका विषय क्षेत्रहरुमा वित्तीय सुशासनको दृष्टिले न्युन जोखिम रहेकाे देखिन्छ। गत वर्षमा पनि ८६.५ अंक सहित प्रथम भएको थियो। यस बर्षमा पनि ९० अंक सहित प्रथम भएको छ।

 

तारकेश्वर नगरपालिकाले गत आव र यस आव मा वित्तीय जोखिम मूल्याङ्कन (FRA)प्रथम सहीत उत्कृष्ट अंक प्राप्त गरेकाे राजस्व शाखा प्रमुख सागर अर्यालले जानकारी दिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्