काठमाण्डौं । फागुन १ । तारकेश्वर नगरपालिकाले नगरवासीहरुलाई मौरीको घार बितरण गरेको छ । आ.व.२०८१÷८२ को वार्षिक कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका कृषि शाखाले उक्त कार्यक्रम गरेको हो ।
तारकेश्वर नगरपालिकाका कृषकहरुलाई प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य एक कार्यक्रमका बिच मौरीको घार वितरण गर्नुभयो । कार्यक्रममा कृषि सेवा शाखाका शाखा प्रमुख रिता सिक्देल सहित कृषक र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
तारकेश्वरमा मौरीको घार बितरण


प्रतिक्रिया दिनुहोस्