हमासले आज शनिबार तीनजना बन्धकको रिहा गर्ने , यो पालि पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम परेन

Sagarmatha Post
Sagarmatha Post ३ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

इजरायलले गाजामा भएको युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले शनिबार रिहा गर्ने तीन जना बन्धकको नाम शुक्रबार सार्वजनिक गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार रिहा हुने तीन बन्धकमा इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ।

इजरायलसँग जनवरी १९ देखि युद्धविराम भएयता हमासले शनिबार छैटौँपटक बन्धक रिहा गर्न लागेको हो। तर योपालि पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम परेन।यसअघि हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्