भ्रमण वर्ष २०२५ को उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थमन्त्री र पोखराका मेयर घाइते

Sagarmatha Post
Sagarmatha Post ३ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa
कास्की । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । पानसमा बालिएको बत्तीले उडाउन लागेको बेलुन छोए पछि बेलुनमा आगलागी भएको थियो । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल पनि घाइते  हुनुभएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा  स्विच थिचेर पानसमा बत्ती बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् । पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै ।घाइते अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई कीर्तिपुर बर्न अस्पतालमा लगियो

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्