तारकेश्वर नगरपालिकाका प्रमुखको नेतृत्वमा विशाल र्याली आयोजना, टुडीखेलमा पुग्यो तारकेश्वरको मौलीक बाजा र झाँकी सहितको र्याली

Sagarmatha Post
Sagarmatha Post ७ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाण्डौं ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा तारकेश्वर नगरपालिका कार्यालयबाट झाकी सहित नगर प्रमुख श्री कृष्ण हरि महर्जन ज्युको नेतृत्वमा विशाल र्याली निकालीएको छ ।
नगरपालिकाको प्राङगणबाट निकालीएको र्यालीमा नगरप्रमुख सहितजनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी र पत्रकारको उपस्थीति रहेको थियो । नगरपालिकाबाट निस्कीएको र्याली झाकी सहितको सैनिक मन्च टुडिखेल सम्म पुगेर सम्पन्न भएको थियो । वडा अध्यक्ष घनश्याम श्रेष्ठ, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख, कर्मचारीहरु, नगर प्रहरी, पत्रकार, विभिन्न बाजाका समुहहरु र स्थानीयबासीको सहभागी रहेको यस झाकी सहितको र्याली सैनिक मन्च टुडिखेलमा प्रदर्शन गरिएको थियो । र्यालीमा पञ्चेबाजा, नेवारी धिमे बाजा र बासुरी सहित विभिध बाजागाजा रहेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्