काठमाण्डौं । फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा तारकेश्वर नगरपालिकाको आयोजनामा तानपा वडा न. ६ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जन र वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ ज्युको उपस्थिति रहेको तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो । १७ जना दाताहरुले रक्तदान गर्नुभएको यस रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई नगर प्रमुख कृष्ण हरि महर्जनले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासीलाई निशुल्क रगत दिने सम्बन्धी सम्झौता बमोजिम तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुले नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रबाट रगत लिदा विगत २ बर्ष देखि कुनै पनि शुल्क नतिरी (क्रस म्याच लगायतका लागि लाग्ने शुल्क) रगत निशुल्क उपलब्ध गराउदै आएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा रक्तदान कार्यक्रम आयोजना


प्रतिक्रिया दिनुहोस्