प्रतिनिधिसभाको आजको बैठक : कूलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्न र मूल्याङ्कनमा शून्य नम्बर दिनुको कारण सरकारसँग माग

Sagarmatha Post
Sagarmatha Post २१ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कूलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्न र मूल्याङ्कनमा शून्य नम्बर दिनुको कारण सरकारसँग माग गरेको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक  हितराज पाण्डेले नेपालको विद्युत् उत्पादन र निर्यातमा महत्वपूर्ण नेतृत्व गर्दै कार्यसम्पादनमा अव्वल देखिएका  घिसिङलाई नहटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरु ठाकुरप्रसाद गैरे, रेखा शर्मा, मनिष झा, ज्ञानेन्द्र शाही, प्रभु शाह धु्रवबहादुर प्रधानलगायतले गुठीका पदाधिकारीसँग छलफल गरी गुठी ऐन तत्काल ल्याउन, रौतहटमा रहेको राइसमिल बेच्ने विषयलाई लिएर गौरमा भइरहेको आन्दोलन रोक्न र  श्रम ऐनअनुसार तीन वर्ष अगाडि अवकाश लिएका उदयपुर सिमेन्टका एक सय तीनजना कर्मचारीलाई तत्काल उपदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्