विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

Sagarmatha Post
Sagarmatha Post २१ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभामा प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिनुभएको थियो।

उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिरहेको तथा मूल्याङ्कनमा शून्य नम्बर दिएको कुरा के हो, त्यस विषयमा सभामुखमार्फत सरकारसँग जानकारी माग गर्नुभयो।  उहाँले प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण र कार्यसम्पादन मूल्याङ्कनका विषयमा सरकारको भनाइ आउनुपर्ने माग गर्दै  सो सन्दर्भमा स्पष्ट जवाफ नआउँदासम्म प्रतिपक्षी दलहरूको तर्फबाट विरोध जारी रहने स्पष्ट गर्नुभयो।  रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्