काठमाण्डौं । तारकेश्वर नगरपालिकाको सभाहलमा वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षतामा र नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यमा “कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा खटिनुपुर्व” दिईने एक दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न भयो ।
११ वटै वडा बाट प्राथमिकता सुचिअनुसार छनौट भएका सुचिकृत बेरोजगार ब्यक्तिमध्य रोजगारी प्राप्त ब्यक्तिहरु सहभागी रहेको यस कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जनले ब्यानर पढी कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख ज्युले सहभागीहरुलाई आफुले सिकेको सिप आफ्नो समाज टोलमा अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो ।
रोजगार शाखा प्रमुख सिर्जना घिमिरेले प्रस्तुतीकरण दिनुभएको थियो भने शिक्षा प्राविधिक आरती पौडेल ज्यूले कार्यक्रम संचालन गर्नुभएको थियो ।
तारकेश्वरमा सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा खटिनुपुर्व” दिईने एक दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न


प्रतिक्रिया दिनुहोस्