दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न अदालतको आदेश

Sagarmatha Post
Sagarmatha Post २३ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं , जिल्ला अदालत काठमाडौंले निलम्बित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेको मागबमोजिम आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनले कैद छुट माग गरेका थिए ।

तत्कालीन गुण्डा नाइके मनाङेले अर्का गुण्डा नाइके चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त सजाय माथिल्ला अदालतहरूबाट पनि सदर भएको थियो । मनाङे २ वर्ष ४ महिनाका लागि पछिल्लोपटक कारागार चलान भएकोमा अब उनले २० प्रतिशत कैद सजाय छुट पाउनेछन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्