तारकेश्वरमा ११५ औ अन्तराष्ट्रिय महिला दिवस २०८१ को अवसरमा कानुनी परामर्श कार्यक्रम आयोजना

Sagarmatha Post
Sagarmatha Post २३ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

तारकेश्वर नगरपालिकाको आयोजनामा “सबै महिला तथा बालबालिकाको लागि: अधिकार, समानता र सशत्तिकरण” राष्ट्रिय नारा र “To All Women and Girls: Right, Equality and Empowerment” अन्तराष्ट्रिय नाराका साथ ११५ औ अन्तराष्ट्रिय महिला दिवस २०८१ को अवसरमा कानुनी परामर्श कार्यक्रम नगर उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युको अध्यक्षतामा सम्पन्न भयो । कार्यपालिका सदस्य, महिला वडा सदस्य, महिला सहकारीका प्रतिनिधि, प्रत्येक वडाबाट ५ जना महिला प्रतिनिधि, शाखा प्रमुख, महिला कर्मचारी, महिला नगर प्रहरी सहभागी रहेको यस कार्यक्रमको उद्घघाटन उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युले कार्यक्रमको ब्यानर पढेर गर्नुभएको थियो । कार्यक्रममा उप प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युले मन्तब्य राख्दै ११५ औ अन्तराष्ट्रिय महिला दिवस २०८१ को अवसरमा सम्पुर्ण महिला दिदिबहिनीहरुमा शुभकामना ब्यक्त गर्नुभएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख प्रतिमा मिश्र ज्युले स्वागत मन्तब्य राख्नुभएको यस कार्यक्रममा अधिबत्ता यज्ञ राज पाण्डे ज्युले कानुन सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्