रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को धम्की चेतावनी

Sagarmatha Post
Sagarmatha Post २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरे।युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन् । ‘रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौतामा नपुगुञ्जेलसम्मका लागि म रुसमाथि ठूलो ब्यांकिङ प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा विचार गरिरहेको छु,’ उनले लेखेका छन् । ‘रुस र युक्रेन अहिल्यै वार्तामा बसिहाल, नत्र ढिला होला । धन्यवाद !’ ट्रम्पले थप लेखेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्