तारकेश्वरमा पशुपालक किसानलाई काउम्याट बितरण, ६० प्रतिशत अनुदानमा काउम्याट पाएपछि किसान खुसी

Sagarmatha Post
Sagarmatha Post २५ फाल्गुन २०८१, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । फागुन २५ । तारकेश्वर नगरपालिकाको पशुपन्छी शाखाको आयोजनामा कृषकहरुलाई ६०÷४० प्रतिशत लागत साझेदारीमा काउम्याट बितरण गरिएको छ ।
नगरपालिकाको ६० प्रतिशत र कृषकहरुको तर्फबाट ४० प्रतिशतको लागत साझेदारीमा आज ३४ थान काउम्याट बितरण गरिएको तारकेश्वर नगरपालिकाको पशुपन्छी शाखा प्रमुख धनपती राय यादबले बताउनुभयो । शाखाले ७७ थान काउम्याट बितरणका लागि खरिद गरेपनि किसान सबै आज नआईपुगेकाले बाँकी काउम्याट पछि बितरण गरिने यादबले बताउनुभयो । बितरण गरिएको काउम्याट नगरपालिकाको पशुपन्छी शाखाले प्रतिम्याट रु ६ हजार पाँच सयमा खरिद गरेर किसानलाई प्रतिम्याट रु २६ सय रुपयाँ मा उपलव्ध गराएको हो ।

May be an image of ‎2 people and ‎text that says '‎ធក្ាខ្មាិនិ पशिवान अपनलव م अधिकार विगो विकासको आधार तारकेश्वर नगरपालिका নাকস্বব नगक्यलका पशपन्छी विकास शाखा चरमरसली काठमाडी कषकहरालाई .ဝ/မဝ प्रतिशत लाग सामुेदारीमा काउ म्याट वितरण कार्यत्र ನಂ್//ನಳಿ गते, आईतवार आयोजक: প্থান: तारकेश्वर नगरपालिका तारकेश्वर नगरपालिक पशुपन्दी विकास शाखा नगर कारयंपालिकाको का बिहान ११:०० बजे धर्मंस्थली, काठम‎'‎‎
तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीमा आज एक कार्यक्रमका बिच वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठको प्रमुख आतिथ्यतामा किसानहरुलाई काउम्याट बितरण गरिएको हो । काउम्याट बितरण गदै वडा नं ६ का आध्यक्ष घनश्याम श्रेष्ठले काउम्याटले पशुहरुलाई रोग लाग्नबाट बचाउने बताँउदै त्यसले दुध उत्पादनमा समेत बृद्धि गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
सो अवसरमा शाखाका प्रमुख एवं पशुविकास अधिकृत धनपती राययादबले कृषकहरुको मागको आधारमा शाखाले निश्चीत मापदण्ड तोकेर काउम्याट बितरण गरिएको बताउनुभयो । शाखासंग काउम्याटका लागि बजेट थोरै तर किसानको माग अत्याधीक रहेको बताँउदै यादबले नगरप्रमुख ज्यूसंग यस बिषयमा छलफल गरेर आगामी दिनमा मागको अनुपातमै काउम्याट बितरण गर्न प्रयत्न गरिने बताउनुभयो ।
शाखा प्रमुख यादबले एक देखि पाँचवटा गाई पाल्ने किसानका लागि एकवटा, पाँच देखि १० सम्म गाई रहेका किसानलाई दुईवटा र १० भन्दा बढी पाल्नेलाई तिन थानका दरले काउम्याट बितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “नगरपालिकामा म्याटका लागि किसानले माग गरेपछि हामीले उहाँहरुको गोठमा ढलान गरिएको छ कि छैन् भनेर पनि हेरेका थियौं, माग गरिएकाहरु मध्य भुई ढलान गरेका किसानहरुलाई मात्र हामीले काउम्याट बितरण गरेका छौं, भुई ढलान गरेको ठाँउमा १८,२० बर्ष केहि हुन्न तर ढलान नगरिएको ठाँउमा एक दुई बर्षमानै म्याट बिग्रीहाल्छ त्यसैले हामीले ति सबै कुरा हेरे मात्र किसानलाई म्याट बितरण गरेका छौं”
नगरपालिकाबाट काउम्याट लिएपछि भाबुक भन्दै जरंखुका पशुपालक किसान कमल प्रसाद ढकालले नगपालिकाले भेदभाब नगरी म्याट बितरण गरेको भन्दै नगरप्रमुख, पशुशाखा र नगरपालिकालाई धन्यवात व्यक्त गरे । बिदेशबाट र्फकिएर पशुपालनमा लागेपनि केन्द्र र प्रदेश सरकारले कुनै सहयोग नगरेको बताँउदै ढकालले सिमिति बजेटका बिच नगरपालिकाले भेदभाव नगरी म्याट बितरण गरिएकोमा खुसी व्यक्त गरे ।

May be an image of 4 people
तारकेश्वर नगपालिका वडा नं ८ कि किसान बिन्दा बुढाथोकीले ढलान गरिएको गोठमा गाईलाई चिसो नहोस भनेर म्याट माग गरेको बताँउदै नगपालिकाले सहज तरिकाले म्याट उपलव्ध गराएकोमा धन्यवात दिनुभयो ।

May be an image of 5 people, speaker and text that says 'पशुसवाराखा પશુસવा राखा परशिवাহ सिगी गी वकरासकी STURA रणालिका ख्ा N कृषল कृषत नागत काऊ पिरसि: จุ0 स्वा तारके पशपनद गर् 48000'

May be an image of 10 people

May be an image of 8 people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्