प्रतिव्यक्ति ७ हजार पर्ने निमोनिया बिरुद्धको पिसिभि खोप तारकेश्वर नगरपालिकाले भोली देखि ८७ बर्ष माथीका जेष्ठनागरिकहरुलाई निशुल्क लगाउने

Sagarmatha Post
Sagarmatha Post २५ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । फागुन २५ । तारकेश्वर नगरपालिकाले प्रतिव्यक्ति करिब ७ हजार पर्ने निमोनिा बिरुद्धको पिसिभि खोप भोली देखि निशुल्क रुपमा जेष्ठ नागरिकहरुलाई लगाउने भएको छ ।
“नगरप्रमुखसंग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम” अन्तर्गत तारकेश्वर भित्र बसोबास गरेर नगरपालिकाबाट जेष्ठ नागरिकको भत्ता बुझिरहनुभएका ८७ बर्ष पुरा गर्नुभएका जेष्ठ नागरिकहरुलाई खोप लगाउन लागिएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो पटक सुरु गरेको यो खोप निकै महंगो भएकाले पहिलो पटक ८७ बर्ष पुरा भएका नागरिकहरुबाट सुरुवात गरिएको र आगामी बर्ष देखि क्रमैसंग नगरवासीहरुलाई यस खोप लगाइदै जाने नगरपालिकाको लक्ष्य रहेको कुंवरले बताउनुभयो । कुंवरका अनुसार निकै महंगो पर्ने यस खोप नगरप्रमुख कृष्ण हरि महर्जनकै विशेष पहलमा तारकेश्वरमा लगाउन लागिएको हो ।
तारकेश्वर नगरपालिका भित्रका १३ वटा स्वास्थ्य संस्थाबाट भोली देखि तिन दिन सम्म खोप लगाउने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । खोपका लागि शाखाले सम्पुर्ण तयारी समेत पुरा गरिसकेको छ । निमोनिया बिरुद्धको यस खोप लगाएपछि ५ बर्ष सम्म संक्रमणबाट जोगिने बताईएको छ । नगरपालिकाका १३ वटै खोपकेन्द्रहरुबाट एकै पटक सुरु हुने यस खोपका लागि केन्द्र सम्म आउन नसक्ने अति अशक्त जेष्ठनागरिकहरुलाई घरमानै पुगेर खोप लगाईने शाखाका कर्मचारी भरत पाण्डेले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्