तारकेश्वरमा उपभोक्ता शिक्षा सम्बन्धी कार्यक्रम आयोजना

Sagarmatha Post
Sagarmatha Post २५ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा आ.व. २०८१÷८२ उपभोक्ता शिक्षा सम्बन्धी कार्यक्रम नगर प्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न भयो ।
फाल्गुण २५ गते आईतवार नगरपालिकाको सभाहलमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य ज्युहरु, शाखा प्रमुखहरु, वडा सचिबहरु, कर्मचारीहरु, प्रत्येक वडाबाट उपभोक्ता समितिका प्रतिनिधिहरु उपस्थिति रहेको यस कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रमको ब्यानर पढी उद्घघाटन गर्नुभएको थियो । योजनाको काम गर्दा आफ्नै वडा, आफ्नै समाज, आफ्नै टोल सम्झेर क्वालिटीमा सम्झौता नगरी काम गर्न नगर प्रमुख कृष्ण हरि महर्जनले उपभोक्ता समितिलाई निर्देशन दिनुभयो । उपभोक्ता समिति बनाउदा सम्बन्धित योजनाको जानकार भएको ब्यक्तिलाई समितिको सदस्य बनाएमा योजना सफल हुने नगर प्रमुखले बताउनुभयो ।
पुर्व उपसचिव तथा यस कार्यक्रमका बिज्ञ सुकदेव नेपालले सहभागीहरुलाई उपभोक्ता समिति सम्बन्धि प्रस्तुतीकरण दिनुभएको थियो । वडा १ का वडा अध्यक्ष बिदुर सापकोटाले यस कार्यक्रमले योजना तथा कार्यक्रम गर्न सहयोग गर्ने बताउनुभयो ।
योजना शाखा प्रमुख शोभा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रमको संचालन ईन्दुस्वरी आचार्यले गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्