काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
मौलिकता संरक्षण तथा पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत आयोजित अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनमा ४० जना स्वदेशी तथा विदेशी कलाकारहरूले सहभागिता रहेको थियो । धनकुटा नगरपालिका–५ स्थित कोप्चेमा सम्पन्न सडक नाटक प्रदर्शनमा बैंकक, ढाका, काठमाडौँ, सिओल, भुवनेश्वर, लिल, सांघाई, बुसान, हङकङ, लन्डन, सिंगापुर, चेङ्दु, इटहरी, मनीला, ताइपेई, चिओङसङ, काउशियुङ, ओसाका, टोकियो लगायतका स्थानका कलाकारहरूले आफ्ना नाटक प्रस्तुत गरेका थिए । नाटक मूर्त र अमूर्त रुपमा प्रस्तुत गरिएको थियो । विदेशी कलाकार भएकाले धेरै नाटक अमूर्त रहेका थिए । ती नाटकमा इसाराको भरमा बुझ्नुपर्ने रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्