रबिन थपलिया । काठमाण्डौं । फागुन २७ । तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङला प्राथमिक स्वास्थ्य केन्द्रमा सिअनमी पदमा कार्यरत क्षेमाश्वरी गौतमको निधन भएको छ ।
गौतमको मस्तीस्कघात भएपछि उपचारको क्रममा बिर अस्पतालमा हिजो निधन भएको हो । तारकेश्वर नगरपालिका वडा नं ४ निवासी गौतम ४५ दिनकी सुत्केरी पनि हुनुहुन्थ्यो । २०४२ साल भदौ २० गते जन्मनु भएकी गौतम नगरपालिकाको एक इमान्दार कर्मचारीको रुपमा छबी बनाउन सफल हुनुहुन्थ्यो ।

यसै बिच, गौतमको असामहीक निधनमा तारकेश्वर नगरपालिकामा भोली शोक विदा दिईएको छ । नगरपालिकाको आजको बैठकले भोली फागुन २८ गते विहिबार एक दिनका लागि तारकेश्वर नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्थामा शोक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर खत्रीले बताउनुभयो । शैक्षिक सत्रको अन्तीम समयमा रहेका तारकेश्वरका शिक्षण संस्था भने खुल्ला रहने बताइएको छ ।
यसै बिच नगरप्रमुख कृष्ण हरि महर्जनले एक शोक बक्तव्य निकाल्दै गौतमको निधन प्रति नगरपालिका परिवार दुखी रहेको बताँउदै गौतम प्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्नुभएको छ ।
गौतमका निधन पछि आज विहान नगरपालिकामा शोक सभाको समेत आयोजना गरिएको थियो । नगरपालिकाको सभाहलमा नगरप्रमुख कृष्ण हरि महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर खत्री सहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थीतिमा शोकसभा सम्पन्न गरिएको हो । गौतमका शोक सभामा उपस्थीत हुन नसक्नु भएकी उपप्रमुखले समेत सन्देश पठाँउदै दुख व्यक्त गर्नुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो । गौतमको निधन प्रति सगरमाथा पोष्ट डट कम गहिरो दुख व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना गर्दछ ।


fgdg


प्रतिक्रिया दिनुहोस्