सर्लाहीको सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित अस्पतालहरु बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

Sagarmatha Post
Sagarmatha Post १ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाममा सर्लाहीको सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित अस्पतालहरु बन्द गर्न निर्देशन दिएका छन् । हिजो (बिहीबार) राति अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले अवैध रुपमा सञ्चालित १५ वटा अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंह अनुगमनका आएको सुइँको पाएपछि केही नीजी अस्पतालका सञ्चालकहरु भागेका थिए भने केही पोलिक्लिनिक दिउँसैदेखि बन्द गरिएका थिए ।

सो क्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल मलङ्गवा र अन्य १८ वटा निजी अस्पतालको अनुगमनगरेका थिए । उनले प्रादेशिक अस्पताल मलङ्गवाको क्यान्टिनमा खुवाइने खानामा स्वच्छता कायम गर्न, आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकको नम्बर तत्काल मेट्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री सिंहल अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित दिनकर अस्पताल, म्याक्स अस्पताल, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एव एक्सरे क्लिनिक,मिथिला डेन्टल क्लिनिक, रामावतार पेन पारालाइसीस सेन्टर, कल्याण हेल्थ केयर, शीतल डेन्टल क्लिनिक, चन्द्रकला पोलिक्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर, गुप्ता क्लिनिक, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्