आईजीपी सहित नेपाल प्रहरीका ९ एआईजी र डिआईजीको आज देखि अनिवार्य अवकास, को को अवकास हुंदै ?

Sagarmatha Post
Sagarmatha Post ४ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र ४ । नेपाल प्रहरीका आईजीपी सहित ९ उच्च प्रहरी अधिकृतहरुको आज देखि अनिवार्य अवकास हुंदैछ ।
३० बर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका महानिरिक्षक बसन्त बहादुर कुंवर, एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई, डीआईजीहरु गणेश चन्द, भोला रावल र धु्रुवराज राउत सेवा निवृत हुँदैछन् । एआईजी श्यामलाल ज्ञवाली र किरण बज्राचार्य यसअघि नै अवकासमा गएका छन् ।
यसै बिच आज मन्त्री परिषदको बैठक बस्दै छ । बैठकले नेपाल प्रहरीको ३१ औं महानिरिक्षकको रुपमा एआइजी दिपक थापालाई जिम्मेवारी दिने तयारी भएको बताईएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्