पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई गृहमन्त्रीद्धारा स्पष्ट

Sagarmatha Post
Sagarmatha Post ४ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष ससमयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले राज्य कोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी गराउनुभयो ।

गृहमन्त्री लेखकले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको जानकारी गराउँदै सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाएको बताउनुभयो ।  गृहमन्त्री लेखकले पूर्वविशिष्टहरूले सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा लिइरहेको जानकारी गराउँदै संसदबाट कानुन बनाएर सेवा सुविधा दिनका लागि तयारी थालिएको पनि स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले पाथीभरामा केबलकार निर्माणको विषयमा देखिएको समस्या वार्ता र संवादमार्फत समाधन गर्न वार्ता टोली गठन गरी काम गरिरहेको जानकारी गराउनुभयो । गृहमन्त्री लेखकले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले भूकम्प र मनसुनजन्य विपद् प्रभावितहरूका निजी आवास निर्माणका लागि आवश्यक रकम व्यवस्थापन, मापदण्ड निर्माण लगायतका तयारी पुरा गरी कामले लय समातेको बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्