नेप्से परिसूचक : दोहोरो अङ्कले घट्यो

Sagarmatha Post
Sagarmatha Post ४ चैत्र २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १८, लगानी शून्य दशमलव १८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ, भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ९२, जलविद्युत् शून्य दशमलव २३, जीवन बिमा शून्य दशमलव ५१, लघुवित्त शून्य दशमलव ०१, निर्जीवन बीमा शून्य दशमलव ०२, व्यापार तीन दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६३ प्रतिशलते घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन इन्स््योरेन्स लिमिटेडको रू ४३ करोड ९३ लाख ६८ हजार दुई सय १० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको पाँच लाख ५३ हजार आठ सय चार कित्ता शेयर किनबेच भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्