तारकेश्वरमा विकास निर्माण तिब्ररुपमा अघी बढदै, गोलढुंगामा सम्झौता भएको ४० दिनमै कालोपत्रे गर्ने काम पुरा

Sagarmatha Post
Sagarmatha Post ८ चैत्र २०८१, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चैत्र ८ । तारकेश्वर नगरपालिकामा बिकास निर्माणका काम तिब्र रुपमा अगाडी बढीरहेका छन् । नगरपालिकाको विकास र समृद्धिका लागि यसै आर्थिक बर्षमा मात्र ४१ वटा ठेक्का आव्हान भएका छन् । त्यस मध्य केही ठेक्का पुरा भएका छन् भने केहि सम्झौताका चरण, केहि कार्यान्वयन र केहि प्राविधिक बिषयमा अगाडी बढीरहेका छन् । त्यस्तै गत आर्थिक बर्ष देखि चलिरहेका केहि योजनाहरु समेत पुरा हुने चरणमा रहेका छन् । तारकेश्वर नगरपालिका प्रवेशको मुख्य सडक नेपालटार–डाँडागाँउ सडक पनि यसै बर्ष सम्पन्न भएको छ भने तारकेश्वर नगरपालिका वडा नं १ को विहानी चोकमा पनि बषौं देखि बिबादका कारण रोकिएको सडक बिस्तारका काम नगरप्रमुख कृष्ण हरि महर्जनको पहलमा पुरा भएको छ ।
तारकेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जीनियर उज्जवल न्यौपानेका अनुसार यस बर्ष नगरपालिकाले ५ किलोमिटर भन्दा बढी सडकको ढलान र पिच गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार नगरपालिकाका ११ वटै वडाहरुमा काम तिब्र रुपमा अगाडी बढीरहेका छन् ।
तारकेश्वरको बिकास र समृद्धिको खाका सहित जनतामा पुगेर अनुमोदीत हुनुभएका नगरप्रमुख कृष्ण हरि महर्जन बिगतको प्रतिबद्धता पुरा गराउन अहोरात्र लागिपर्नुभएको छ । नगरप्रमुखले आफ्नो कार्यकालमा अल्पकालीन, अध्यकालीन र दिर्घकालीन लक्ष्य सहित विकासका कामलाई तिब्रता दिनुभएको छ । तारकेश्वरको विकास र समृद्धिमा नगरप्रमुखले कोर्नुभएको लक्ष्मण रेखामा उपप्रमुख र वडा अध्यक्षहरुको साथ र समर्थन सहित विकास निर्माणमा अगाडी बढीरहेको छ ।

May be an image of 6 people

May be an image of 12 people and textयसै बिच तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा योजना सम्झौता भएको ४० दिन नपुग्दै सडक कालोपत्रे गर्ने काम पुरा भएको छ । तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा गुम्बा देखि सातधारा सम्मको सडकमा हिजो ओभरल्याप सहित कालोपत्रे गरिएको छ ।
तारकेश्वर नगरपालिकाको आ.व.२०८१÷८२ को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बिनियोजित नगरस्तरिय रु. ४७,७६,०२४ को लागतमा सुबोल कन्स्ट्रक्सन प्रा.लि.ले सडक कालोपत्रे सम्पन्न गरेको छ । कम्पनीले ५० एमएमको मोटाईमा ४३० मिटर सडक कालोपत्रे गरेको नगरपालिकाका प्राविधिक प्रमुख न्यौपानेले बताउनुभयो ।
गोलढुंगाको गुम्बा देखि सातधारासम्म ओभरल्याप कालोपत्रे सडकको काम चलिरहंदा हिजो नगरप्रमुख कृष्ण हरि महर्जन , उप प्रमुख सृजना बुर्लाकोटी अर्याल, वडा ५ का वडा अध्यक्ष शम्भु प्रसाद फुयाल, ईन्जिनियर उज्वल न्यौपाने, वडा सदस्यहरु,प्राविधिकहरु,पत्रकार र स्थानीयवासीले अनुगमन गर्नुभयो ।
नगरपालिका र कन्सट्रक्सन बिच २०८१ माघ २८ गते यस सडक कालोपत्रे गर्नका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार कालोपत्रेको काम २०८२ असार १ गते सम्म पुरा गर्ने समयाअवधी भएपनि कन्सट्रक्सनले सम्झौता भएको करिब ४० दिनमै कालोपत्रेको काम पुरा गरेको छ । कम्पनीले यस अघि तारकेश्वर नगरपालिका वडा नं १ बिहानी चोकको सडक निर्माणको काम पनि सम्झौता भएको तिन साता नबित्दै पुरा गरेको थियो ।

May be an image of text that says 'MONI "पहिचान, अपनल्व र अधिकार: दिगो विकासको आधार" तारकेश्वर नगरपालिका नावकवव नगवगाजका घर्मस्थली. काठमाडी. बागमती प्रदेश, नेपाल परियोजना सुचना बोर्ड परियोजना नाम:- गुम्बा देखि सातधारासम्म 9 कि.मि. ओभरल्याप कालोपत्रे परियोजना स्थल:- ता.न.पा.-प सम्कौता ID No.:- TARA/15/NCB/081-82 सम्कौता रकम:- ৪७,७६,०२३ ৪७,७६.0શ३.8१/-/. Vat and PS) सक्कौता मिति:- २०८१-૧०-श८ सम्पन्न हुने मितीि:- २०८શ-०३-०१ निर्माण व्यवसायी:- सुबोल कष्ट्रवसन प्रा.लि. साईट इनिजिनियर:- उज्जवल नयौपाने सव इन्जिनियर:- उज्ज्वल सिमखडा'

May be an image of 5 people, train and railroad

May be an image of 8 people and train

fgf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्