सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न उपसमिति गठन

Sagarmatha Post
Sagarmatha Post ८ चैत्र २०८१, शुक्रबार
2 Min Read
Aa

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न उपसमिति गठन गरेको छ ।सिंहदरबारमा शुक्रबार बसेका समिति बैठकले समितिमा परेका सय उजुरी मध्ये ४८ वटा उजुरीहरु छानविनका लागि उपसमिति बनाएको हो । बैठकले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा उपसमिति गठन गरेको छ । सो उपसमितिको सदस्यमा अच्युत मैनाली र अर्जुननरसिंह केसी सदस्य रहेका छन् ।

त्यस्तै अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वको उपसमिति गठन गरिएको छ । सो उपसमितिको सदस्यमा रामकृष्ण यादव र अमेरश कुमार सिंह सदस्य रहेका छन् ।त्यसैगरि, संस्कृति पर्यटन र परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल, विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानविनका लागि प्रेम आलेका साथै सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानविन गर्न सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

त्यस्तै खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको संयोजकत्वमा हरि ढकाल र राजेन्द्र लिङदेन सदस्य रहेको उपसमिति बनाइएको छ ।त्यस्तै, स्वास्थ्य मन्त्रालय, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानविनका लागि तारा लामाको संयोजकत्वमा जनार्दन शर्मा र अशिम शाह सदस्य रहेको उपसमिति गठन गरिएको छ । बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलका विषयमा अध्ययन गर्न बनाइएको उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको सभापति पोखरेलले बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्