मौसममा आएको परिवर्तनसँगै बाजुराका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे

Sagarmatha Post
Sagarmatha Post ९ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

बाजुरा । मौसममा आएको परिवर्तनसँगै बाजुराका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । जिल्ला अस्पताल बाजुरा, तथा गाउँ-गाउँका शहरी स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । सदरमुकाम मार्तडी स्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ३५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिनुभयो । डाक्टर यादवका अनुसार दैनिक एक सय भन्दा बढी बिरामी अस्पतालमा आउने गरेकामा ३५ देखि ४० जनासम्म भाइरल ज्वरोका बिरामी रहेका छन् ।

अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेकाले सतर्कता अपनाउन अस्पताल बाजुराले अनुरोध गरेको छ। मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्ने मना शहरी स्वास्थ्य केन्द्र मनाका प्रमुख छत्र साउदले बताउनुभयो । मौसममा आएको परिवर्तन सँगै हावाहुरीका कारण , धुलो धुवाँ उड्ने र प्रदूषण फैलिनाले पनि सङ्क्रमण बढेको उहाँको भनाइ छ । जिल्लाका ९ओटै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउनुहुँदै मना शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज इन्चार्ज छत्र साउदले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गर्नुभयो । मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खाना र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेकाले स्थानीयलाई सतर्कता अपनाउन जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले अनुरोध गर्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्