किसानले उत्पादनको मूल्य नपाउने दक्षिण एसियाली क्षेत्रका साझा समस्या

Sagarmatha Post
Sagarmatha Post ११ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ । दक्षिण एसियाली किसान महासङ्घले हालै काठमाडौँमा आयोजना गरेको सम्मेलनका घोषणापत्र सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा तिर्न नसकी पेसाबाटै पलायन हुने अवस्था आएको बताइयो । हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो ।

रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा पनि आठै देशका किसान प्रतिनिधिले जोड दिएका त्यस अवसरमा जानकारी दिइयो । दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । सम्मेलन चैत ७ र ८ गते काठमाडौँमा सम्पन्न भएको थियो । सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्