तारकेश्वरमा सुर्ती जन्य र मदिरा सेवनको रोकथाम नियमन तथा असर न्युनिकरण सम्बन्धी पैरबी बैठक सम्पन्न

Sagarmatha Post
Sagarmatha Post ११ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । बागमती प्रदेश सरकार, स्वास्थ्य सेवा निर्देशानलय हेटौंडाको आयोजनामा तारकेश्वर नगरपालिकामा चैत्र २१ गते सोमबार सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनको रोकथाम नियमन तथा असरको न्यूनीकरण गर्न स्थानीय तहसंग पैरवी बैठक सम्पन्न भएको छ । वडा ३ का वडा अध्यक्ष परशुराम अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, कार्यपालिका सदस्य मिरा थापा, स्वास्थ्य शाखा प्रमुख बिनोद शाह, स्वास्थ्य सेवा निर्देशानलय हेटौंडाका स्वास्थ्य शिक्षा प्रशासक अर्जुन पौडेल, जनस्वास्थ्य अधिकृत मुस्कान पुडासैनी, स्वास्थ्य शिक्षा अधिकृत मोहन रावत, कम्प्युटर अपरेटर लक्ष्मी खत्री, शाखा प्रमुख , स्वास्थ संस्थाका कर्मचारीहरु, सुरक्षाकर्मीको उपस्थित रहेको थियो । स्वास्थ्य सेवा निर्देशानलय हेटौंडाका स्वास्थ्य शिक्षा प्रशासक अर्जुन पौडेलले सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनको रोकथाम नियमन सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्