कुलमान हटाएकोमा सरकारको चौतफी बिरोध

Sagarmatha Post
Sagarmatha Post १२ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोमा सरकारको चौतफी बिरोध भएको छ । सरकारी निर्णयको बिरुद्धमा सत्तारुढ दलका नेताहरुले समेत खुलेर विरोध गरेका छन् । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी,डा. शेखर कोइराला, महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा सरकारको उक्त निर्णयलाई दुर्भाग्यपुर्ण भन्दै बिरोध गरेका छन् ।
सत्तारुढ दल सहित माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले पनि सरकारको निर्णयको बिरोध गरेका छन् । प्राधिकरणबाट अनिवार्य अवकास लिन चार महिन मात्र बाँकी रहेका कुलमानलाई सरकारले प्रतिशोध साँधेर हटाएको आम जनताको बुझाइ रहेको छ । दैनिक १८ घण्टा लोडसेडिङको तालिका सार्वजनीक गरिरहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएलगतै कुलमानले नेपालबाट लोडसेडिङको अन्त्य गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्