नेपाली काँग्रेसले भोली स्थानिय निकायका प्रमुख र उपप्रमुखसंग शिक्षा विधेयकका बिषयमा छलफल गदै

Sagarmatha Post
Sagarmatha Post १२ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेसको शिक्षा विभागले संसदमा बिचाराधीन शिक्षा विधेयकका सम्बन्धमा स्थानिय निकायका प्रमुख र उपप्रमुखसंग छलफल गर्ने भएको छ ।
काठमाण्डौको गोल्फुटार स्थीत ताज पार्टी प्यालेसमा भोली विहान १० बजेबाट सुरु हुने छलफलमा एक सय भन्दा बढी स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको सहभागीता रहने नेपाली काँग्रेसको शिक्षा विभागका सदस्य हरिसिंह केसीले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० भदौ २७ गते ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेको थियो । ‘विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्नुपरेको’ विधेयकमा उल्लेख गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्