टेण्डरको सूचना गुपचुप पार्ने प्रशासकीय अधिकृत र पत्रकार सहित ३ जनाविरुद्ध मुद्दा दायर

Sagarmatha Post
Sagarmatha Post १३ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत सुमन कुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृज कुमार यादवले मिलेमतो गरी सार्वजनिक खरिद ऐनविपरीत ठेक्कासम्बन्धी सूचना गुपचुप राखेर आर्थिक अनियमितता गरेको पाइएको छ। आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य चौकी भवन तथा डिप बोरिङ निर्माणका लागि बोलपत्र आह्वान गर्नुपर्ने थियो। कानुनअनुसार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा उनीहरूले त्यसो नगरी केवल अभिलेखका लागि जनकपुर टुडे पत्रिकामा मात्र एक प्रति छपाइ गरेका थिए। यसका आधारमा झुट्टा विवरण बनाई जनकपुर टुडे मिडिया ग्रुपलाई ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानमा पुष्टि भएको छ।

अख्तियारले चौधरी र लेखा अधिकृत पुरीलाई मुख्य कसुरदार र जनकुपर टुडे ग्रुपका अध्यक्ष वृज कुमार यादवलाई मतियार कायम गरी बिगो जफतको माग सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्