काठमाण्डौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश नदिने निर्णय गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्च पुगेका थिए। तर, अदालतको आदेश नआएपछि उनी तत्काल पुनः प्राधिकरण फर्किने सम्भावना सकिएको छ।
कुलमान घिसिको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


प्रतिक्रिया दिनुहोस्