तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान हटाइयो,सुरक्षामा कडा व्यवस्था

Sagarmatha Post
Sagarmatha Post १६ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं।तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो। शुक्रबार राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले काठमाडौंका केही क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर, अवस्था नियन्त्रणमा नआएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानमा शनिबार बिहान ७ बजेसम्म कर्फ्युको अवधि थपिएको थियो।

हिंसात्मक झडपमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए। प्रशासनको आदेश अवज्ञा गर्दै प्रदर्शनकारीहरू आक्रामक बनेका थिए। घटनामा दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्। हाल कर्फ्यु हटे पनि सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्