सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने : गृहमन्त्री

Sagarmatha Post
Sagarmatha Post १६ चैत्र २०८१, शनिबार
1 Min Read
Aa
गृहमन्त्री लेखक – अनुगमन काठमाडौँ, १६ चैतः शुक्रबार पूर्वराजावादीका सर्मथकहरुले आन्दोलनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिरः गृहमन्त्रीको नीजि सचिवालय÷रासस

काठमाडौँ , गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरूले शुक्रबार काठमाडाँैको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुने स्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताउनुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन् । जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ । तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ ।”  रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्