प्रधानमन्त्रीले गराए थाइल्यान्ड भ्रमणको जानकारी, दुई वटा समझदारी पत्रमा हस्ताक्षर हुने

Sagarmatha Post
Sagarmatha Post १८ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन्  नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको उनले बताए । थाइल्याण्ड भ्रमणका क्रममा दुई वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्