रेडियो नेपाल स्थापनाको ७५ औँ वार्षिकोत्सव मन्त्री पृथ्वी सुुव्वा गुरुङद्धारा समुद्घाटन

Sagarmatha Post
Sagarmatha Post १८ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । हीरक महोत्सवका अवसरमा रेडियो नेपालले  आधुनिक गीत गीत प्रतियोगिताको आयोजना गरेको छ । रेडियो नेपाल स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा रेडियो नेपालको पा्रङगणमा आयोजना गरिएको आधुनिक गीतसङ्गीत प्रतियोगिताको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुुव्वा गुरुङले समुद्घाटन गर्नुभयो । गीतसङ्गीत प्रतियोगिता समुद्घाटन समारोहमा मन्त्री गुरुङले रेडियो नेपालले राष्ट्र र राष्ट्रियताको पक्षमा सूचना प्रवाह गर्नुपर्नेमा जोड पदाउनुभयो ।

समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय एकता, विपद्मा नागरिकको जीवन रक्षाका साथै समृद्धिका लागि परम्परागत शैलीमा परिवर्तन गरी नागरिक केन्द्रित  प्रसारणका रुपमा रेडियो नेपाललाई अघि बढाउन लागिपरेको बताउनुभयो । समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले  अलग्गै पहिचानसहित प्रसारण इतिहास बनाएको रेडियो नेपालमा विभिन्न कालखण्डमा योगदान गर्नेहरूलाई स्मरण गनुभयो । समारोहमा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले रेडियो नेपालको लोगो अंकित हुलाक टिकट प्रकाशन गर्न पाउनु गौरबको विषय भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले समारोहमा सहभागीलाई स्वागत गर्नुभयो । यस अवसरमा मन्त्री गुरुङले रेडियो नेपालको लोगो अंकित हुलाक टिकटमा टाँचा लगाउनुभयो । आधुनिक गीतसङ्गीत प्रतियोगितामा छनौट भएका विभिन्न कलाकारका २० वटा आधुनिक गीतसङ्गीत प्रस्तुत भइरहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्