सामाजिक एवम् सांस्कृतिक विविधता बिचको एकतालेनै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास : राष्ट्रपति

Sagarmatha Post
Sagarmatha Post १८ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको ईद [ईद-उल-फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

उहाँले सामाजिक एवम् सांस्कृतिक विविधता बिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । साथै उहाँले यस पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गर्नुभएको छ ।

ईद [ईद-उल-फित्र] पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठुला बडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्