राष्ट्रपति पौडेलद्वारा रेडियो नेपालको हीरक महोत्सवमा शुभकामना

Sagarmatha Post
Sagarmatha Post २० चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव)को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले रेडियो नेपालको स्थापना नेपालमा लोकतन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको उल्लेख गर्नुहुँदै यो देशको प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान विन्दु रहेको बताउनुभएको छ । उहाँले रेडियो नेपाल नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक घटना र विषयको साक्षी मात्र नभएर सत्यतथ्य सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो। राष्ट्रपति पौडेलले रेडियो नेपालले २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण गरेर नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्