रोजमेरी आईडलका विद्यार्थी विश्व योग प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान गदै, नगरप्रमुख महर्जनद्धारा विदाई

Sagarmatha Post
Sagarmatha Post २१ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरका विद्यालयहरुको प्रतिनिधित्व गदै विश्व योग प्रतियोगितामा सहभागी हुन मलेसिया जान लागेका विद्यार्थीहरुलाई तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले विदाई गर्नुभएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थित रोजमेरी आईडल बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत अनीस पटेल, कक्षा ७ मा अध्ययनरत सोनाम तामाङ र प्रत्यूस खतिवडालाई नगरप्रमुख महर्जनले खादा लगाएर विदाई गर्नुभएको हो ।
विद्यालयको पुर्व प्राथमिक तहको अविभावक दिवसमा प्रमुख अतिथिको रुपमा उपस्थीत हुनुभएको नगरप्रमुख महर्जनले प्रतियोगितामा जीतहाँसील गर्नका निम्ती सूभकामना व्यक्त गर्नुभयो ।
नेपाल योग खेलकुद संघको आयोजनामा यहि अप्रील ५ र ६ तारिखमा मलेसियामा १६ औं विश्व योग च्याम्पीयनसिप प्रतियोगिता हुंदैछ । यस प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी हुंदैछन् । संघको आयोजनामा केहि समय अगाडी नेपालमा भएको योग च्याम्पीयनससिप प्रतियोगितामा रोजमेरीका विद्यार्थीहरुले पहिलो र दोश्रो स्थान हाँसील गरेको रोजमेरी आईडल बोडिङ स्कुलका प्रधानाध्यापक दुर्गा प्रसाद दाहालले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यार्थीहरुनै विश्व च्याम्पीयनसिप प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।
विद्यालयमा आज आयोजीत कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जन, संरक्षक रामकृष्ण महर्जन, तारकेश्वर नगर प्याव्सनका उपाध्यक्ष नवराज न्यौपाने, अविभावक शिक्षक संघका अध्यक्ष सिताराम थापा, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद दाहाल लगायत अविभावक, शिक्षक, कर्मचारी लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 8 people and text that says '* GRA PRE- PRIMARY ANNUAL DAY & TION CEREMO 81 Thursday EES Pust RDI'

d

May be an image of 5 people and text

May be an image of 5 people and text that says 'स्वस्थ ससमामंपिस्िािा समाज समदट नेपाल विश्व शान्तिका लामि योग" मलै मलेसियामा हुने ੧६औ विश्व योग च्यामियनसिपमा सहभागी विद्यारथ्थी भाईबहिनीहरुलाई हार्दिक शुभकामना तथा सुरक्षि्व तथासुरक्षितयात्रा! यात्रा Date: 5th and 6th April 2025 gm Organiser: IYSF ROSEMARY IDOL BOARDING SCHOOL Tarakashwer @www.resemary.edu.np อฉ่น 26432,985113952 www.rosemary.odu.r'

May be an image of 12 people, people smiling, car, dais and text

May be an image of 9 people, people smiling and text

dd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्