लामिछाने दुई दिन जिल्ला प्रहरीकै हिरासतमा रहने

Sagarmatha Post
Sagarmatha Post २३ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको हो । लामिछाने शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।

उनका अनुसार आज शनिबार र भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन् । सोमबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा हाजिर गराइन्छ। अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिने उनले बताए। रास्वपाले न्यायका लागि अर्को तहमा अपिल गर्ने निर्णय गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्