रबिन थपलिया । काठमाण्डौं । मलेसियामा जारी १६ औं विश्व योगासन खेलकुद च्याम्पियनसिप प्रतियोगिताको १२ देखि १४ बर्ष उमेर समूहका वालिकाहरुमा रोजमेरी आईडल बोडिङ स्कुलकी छात्रा प्रत्युषा खतिवडा प्रथम भएकी छन् ।
अन्तराष्ट्रिय योग खेलकुद महासंघको आयोजनामा मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा जारी प्रतियोगितामा नेपाल सहित ४० देशका खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको छ ।
तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गदै प्रतियोगितामा सहभागी भएकी प्रत्यूसाले १२ देखि १४ बर्ष उमेर समूहमा मलेसीयाकी खेलाडीलाई पछि पादै प्रथम बनेकी छन् । यस उमेर समुहमा द्धितिय मलेसीयाकी खेलाडी भादीभेलेन ऋषिचा र तेश्रो भारतकी जया यारधीनी बिजेता बने ।
त्यस्तै प्रतियोगिताको ९ देखि ११ बर्ष उमेर समुहमा रोजमेरीकै छात्र अमित पट्टेल द्धितिय बनेका छन् । यस उमेर समुहमा नेपालकै प्रयासजंघ चौहान प्रथम भए भने नेपालकै किरण मगर तेस्रो बने ।
प्रतियोगितामा प्रथम बनेकी खतिवडा तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थित रोजमेरी आईडल बोडिङ स्कुलमा कक्षा ७ र पट्टेल कक्षा ५ मा अध्ययनरत रहेको छन् ।
रोजमेरी आईडलका प्रधानाध्यापक दुर्गा प्रसादा दाहालले विद्यालयका दुवै खेलाडीहरुको समर्पण र सीप साँच्चीकै चम्कीएको बताँउदै उनिहरुको अविश्वसनीय उपलव्धीमा विद्यालय गर्व गरेको बताउनुभयो ।विद्यालयका योग प्रशिक्षक राजेश न्यौपानेले प्रतियोगिताको नतिजाले उत्साहीत बनाएको बताँउदै बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी रहेका छन् भने अमेरीका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धामा रहेका छन् । फाइनलमा बालक/बालिका (९-११, १२-१४, र १५-१७ वर्ष उमेर समूह), वरिष्ठ पुरुष/महिला, र वयस्क पुरुष/महिला वर्गहरूको प्रतिस्पर्धा समावेश छ। यो प्रतिष्ठित प्रतियोगिताले योगलाई खेलकुदको रूपमा प्रस्तुत गर्दै योगासनको कलात्मकता र शारीरिक क्षमताको प्रदर्शन गर्दछ। प्रतियोगितालाई मलेसियन योगासन र मल्लखम्ब संघ (MYMA) र लिमकोकविंग विश्वविद्यालयले समर्थन गरेका छन्, जसले अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूबीचको सहकार्यलाई उजागर गर्दछ। IYSF का प्राविधिक मापदण्डहरूलाई पालना गर्दै, यो प्रतियोगिताले विश्वभरका सहभागीहरूका लागि एक मानकीकृत र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्दछ।



hgh


प्रतिक्रिया दिनुहोस्