आज विहानै देखि काठमाडौंसहित देशका अधिकांश भूभागमा वर्षा, हेर्नुहोस कहाँ-कहाँ पानी परिरहेको छ ?

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । आज बिहानै देखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ।

धेरै ठाउँहरूमा लामो समयपछि पानी परेको हो। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले काठमाडौंको लगायत अधिकांश भूभागमा बिहानीपख वर्षा भइरहेको छ।इलामको कन्काईमा एक घन्टाकै अवधीमा ५२.८ मिलिमिटर पानी परेको छ। झापाको शनिश्चरेमा २५ मिलिमिटर, अनारमनी र बर्फल्याङमा १० मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद डेविड ढकालका अनुसार पानी पार्ने प्रणालीको धेरै प्रभाव कोशी र मधेस प्रदेशका भूभागहरूमा छ।रौतहटको गौरमा एक घन्टाको अवधीमा ४६ मिलिमिटर वर्षा मापन भएको छ। सिरहामा २० मिलिमिटर वर्षा भएको छ।काठमाडौंको कीर्तिपुरमा पछिल्लो एक घन्टामा २१ मिलिमिटर वर्षा भएको छ। मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ। मौसमविद डेविड ढकालका अनुसार दिउँसो पनि कोशी र मधेस प्रदेशका भूभागहरूमा पानी पर्ने सम्भावना छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्