नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरणको सूची र शुल्क बुझाउने समय थप, कहिले सम्म बुझाउनु पर्दछ ?

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको सूची र शुल्क केन्द्रीय कार्यालयमा पठाउने समय थप गरेको छ।
यसअघि चैत २९ गतेभित्र नवीकरण विवरण र शुल्क परिपत्र भएको थियो।महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नवीकरण सूची र शुल्क बुझाउने समय वैशाख १५ गतेसम्म थपिएको हो।महामन्त्री थापाले चैत २५ गते ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको उल्लेख गरेका हुन्।क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका दरले शुल्क लिने व्यवस्था छ। नवीकरण भएका क्रियाशील सदस्यको नाम र मोबाइल नम्बरसहितको सूची पठाउन कांग्रेसले मातहत समितिहरूलाई भनेको छ।नवीकरण शुल्कबापत उठेकोमध्ये रू १० वडालाई, गाउँरनगर तहमा रु १०, प्रदेश सभा क्षेत्र तहमा रु १०, प्रतिनिधि सभा क्षेत्र तहमा रु १० र जिल्ला तहमा रु १० राखेर १५० रुपैयाँका दरले केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले आग्रह गरेको छ।
नवीकरण शुल्क राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा जम्मा गरी भौचर र नवीकरण विवरणसहित वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य बुझाउन महामन्त्री थापाले परिपत्र गरेका हुन्।२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्