चारदेशीय टी-२० श्रृंखलामा नेपालको दोस्रो जित

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
2 Min Read
Aa

काठमाण्डौं । चारदेशीय टी(२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।
हङकङमा जारी सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो।बिहीबार बिहान भएको खेलमा नेपालले पाएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो।त्यस क्रममा ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाए।भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का हानेर ८१ रन बनाए।आशिफले ३८ बला २ चौका र ४ छक्का हानेर ५३ रन जोडे।कुशल मल्ल ४ रनमा आउट भए।दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का हानेर ३१ रन बनाए।
बलिङतर्फ कुवेतका यसिन पटेलले २ तथा मोहम्मद शफिक र मोहम्मद अस्लामले १र१ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा चार चौका र २ छक्का हाने।मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले एक(एक विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले अन्तिम खेल चैत ३० गते हङकङसँग खेल्नेछ। त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्