मनमैजु मा.वि को कक्षा ८ मा पढने छात्रा युनाको अल्पायुमै निधन, विद्यालयद्धारा दुःख व्यक्त

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मा.वि को कक्षा ८ मा अध्ययन गर्ने छात्रा युना थापामगरको अल्पायुमै निधन भएको छ ।
निकै लामो समय देखि टाउको र मुटुको रोगसंग लडिरहेकी थापा मगरको चैत्र २५ गते निधन भएको हो । २०६७ साल जेष्ठ १२ गते जन्मीएकी थापामगरको १४ बर्षको उमेरमा निधन भएको हो । थापामगरको निधन प्रति मनमैजु मा.वि ले गहिरो दुःख व्यक्त गदै समवेदना प्रकट गरेको छ । विद्यालयकी प्रधानाध्यापक रबिना महर्जनले जेहेन्दार छात्राको निधनले विद्यालय परिवार दुःखी बनेको समवेदनपत्रमा उल्लेख गरिएको छ ।

May be an image of 1 person and text that says 'आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्देन त्यो इन्द्र विन्ती गरूनू झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो जन्म जन्म:-मिति म:-मिति२०६७जेठ१२ मिति २०६७ जेठ १२ मृत्यु: -मिति २०८१ चैत्र २५ स्व. युना थापा मगर निकै लामो समयदेखि टाउको र मुटको रोगसँग लडिरहेकी यसै विद्यालयको कक्षा L मा अध्ययनरत जेहेन्दार छात्रा युना थापा मगरको उपचारको क्रममा मिति २०८१/१२/२५ गते अल्पायुमै भएको निधनले विद्यालय परिवार स्तब्ध भएको छादुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामनाका साथ हार्दिक श्रद्धा्जली व्यक्त गर्द शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछाँ| प्रधानाध्यापक तथा मनमेजु मा.वि परिवार'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्