काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ८ मनमैजुमा अव्यवस्थीत केबुल र इन्टरनेटका तारहरु व्यवस्थापन गरिने भएको छ ।
बिजुलीका पोलहरुमा रहेका अव्यवस्थीत तारका कारण आगलागी लगायतका घटनाहरु निम्त्याउने भएकाले वडा कार्यालयले मातहतका बिभिन्न स्थानहरुमा तारहरु व्यवस्थापन गर्न लागेको हो ।
वडा अध्यक्ष श्याम कृष्ण सापकोटाले आज एक सुचना प्रकाशीत गदै तार व्यवस्थापनका लागि काम गर्न इच्छुक संघ÷संस्थाहरुलाई १५ दिन भित्र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्